प्रधानमन्त्री भ्रमण

भारतसँग असमझदारी सकियो : प्रधानमन्त्री

भारतसँग ३–४ महिनायता जस्तो अनावश्यक असमझदारी नदोहोरिने


KP Oli
मुस्ताङका नापी अधिकृत खिमलाल गौतम बुधबार बिहान पोखराबाट तारा एयरमा जोमसोम जाने तयारीमा थिए। तस्बिर: गौतम श्रेष्ठ



पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपालले आगामी वैशाख महिनामा स्थानीय निकायको निर्वाचनका लागि उपयुक्त हुने बताएका छन्। आइतबार नवौँ जिल्ला परिषद्को उद्घाटन गर्न दार्चुला पुगेका नेता नेपालले वैशाखमा निर्वाचन गर्ने गरी सरकारले तयारी थाल्नुपर्ने धारणा राखे।

सरकारी निकायहरुले एनसेल किनबेच हुँदा नेपालमै कर लाग्ने जवाफ त पठाए। तर, एनसेलबाट कसरी राजस्व असूल्ने भन्ने बारेमा कुनैपनि निकायले प्रष्टसँग उल्लेख गरेका छैनन्।

समितिका सभापति रविन्द्र अधिकारीका अनुसार उद्योग विभाग, आन्तरिक राजस्व विभाग, सञ्चार मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, दूरसञ्चार प्राधिकरण कसैले पनि प्रष्ट जवाफ नदिएको बताएका छन्।

यस अवधिमा एनसेल कतिपटक किनबेच भयो र राज्यले कति राजस्व गुमायो भन्ने विषयमा कुनैपनि सरकारी निकायले जवाफ दिन नसक्नु लज्जास्पद कुरा हो

सोमबारको विकास समितिको बैठकमा सरकारी निकायले पठाएको जवाफबारे सांसदहरुबीच छलफल भएको थियो। छलफलका क्रममा बोल्ने अधिकांस सांसदहरुले सरकारी निकायले प्रष्ट जवाफ नदिएको भन्दै सरकारको आलोचना गरे।

'कुनैपनि सरकारी निकायले एनसेलबाट कसरी राजस्व असूल गर्ने भन्ने विषयमा प्रष्ट जवाफ दिएका छैनन्,' सभापति अधिकारीले भने- 'जसले हामीलाई कानूनको अभाव देखाउँदै एनसेललाई उन्मुक्ति दिने खेल भइरहेको आशंका पैदा भएको छ।'

मेरो मोवाइलको नाममा नेपालमा सेवा सुरु गरेको यो कम्पनी पछि स्वामित्व परिवर्तन भएर एनसेलमा परिणत भएको हो। 'यस अवधिमा एनसेल कतिपटक किनबेच भयो र राज्यले कति राजस्व गुमायो भन्ने विषयमा कुनैपनि सरकारी निकायले जवाफ दिन नसक्नु लज्जास्पद कुरा हो,' उनले भने।

समितिको प्रश्नमा आन्तरिक राजस्व विभागले एनसेलले नेपालमा व्यवसाय गरी कमाएको पुँजीगत लाभमा नेपालमै कर लाग्ने जवाफ पठाएको छ। तर, कसरी कर असूल्ने भन्ने बारे राष्ट्रिय तथा अन्तराष्ट्रिय कर विज्ञहरु सम्मिलित कमिटि गठन गरी अध्ययन/अनुसन्धान भइरहेको जवाफ पठाएको छ।

त्यसैगरी, सूचना तथा सञ्चार मन्त्रालयले पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु सम्मिलित कमिटि गठन गरिसकेको र सो कमिटिको प्रतिवेदन नआएकाले अहिले केही भन्न नसक्ने जवाफ पठाएको सभापति अधिकारीले जानकारी दिए।

'हाम्रो उद्देश्य भनेको नेपालमा सञ्चालित जुनसुकै स्वदेशी वा विदेशी कम्पनीले व्यवसाय गरी कमाएको लाभमा पुँजीगत लाभकर तिर्नुपर्छ भन्ने हो,' उनले भने- 'आजकै मितिमा एनसेलबाट कसरी कर असूली गर्ने भन्ने हाम्रो चासो हो। कानून बनाएर असूली गर्ने सरकारी निकायको जवाफले कतै एनसेलले उन्मुक्ति त पाउँदैन ?'

त्यसैगरी सेयर मुल्यमा फरक फरक दररेट हुन सक्छ कि सक्दैन भन्ने समितिको प्रश्नमा सरकारी निकायहरुले आर्थिक उदारीकरणको नीति अबलम्ब्न गरेको उल्ल्ेख गर्दै कुनैपनि वस्तु वा सेवाको मुल्य बजारले निर्धारण गर्ने जवाफ पठाएका छन्। त्यसैले सरकारले अहिलेकै का कानूनमा रहेर कुनैपनि निजी कम्पनीको सेयर मूल्यमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्ने जवाफ पठाएका छन्।

एनसेलको राजस्व प्रकरण बुढी मरी भन्नुभन्दा पनि काल पल्क्यो भन्ने विषय हो,' सभापति अधिकारीले भने- 'सरकारी निकायबाट आएका धारणा चित्तबुझ्दो जवाफ नआएकाले अन्तरनिकाय समन्वय गरेर फेरि धारणा पेसश गर्न निर्देशन दिएका छौं।'


प्रतिकृया दिनुहोस

ad

अन्तर्वार्ता

  • राष्ट्रिय स्वाभिमान र हित कमजोर पार्ने सम्झौता हुँदैन

    प्रधानमन्त्री केपी ओलीले आउँदो फागुन ७ गतेबाट भारतको ५ दिने राजकीय भ्रमण गर्ने तय भएको छ। नाकाबन्दी नखुलेसम्म भारत भ्रमण नगर्ने बताउँदै आएका ओली शुक्रबारबाट वीरगन्ज–रक्सौल नाका खुलेपछि भारत जाने भएका हुन्। भ्रमण मिति तय भएसँगै दुवै देशले आवश्यक तयारी तीव्र पारेका छन् भने थप तयारी र स्पष्टताका लागि अर्थमन्त्री विष्णु पौडेल आइतबार भारत भ्रमणमा निस्केका छन्।

    सुरेन्द्र पौडेल र विश्वास बराल

    विस्तृतमा पढ्नुस्

बिचार

रमझम

kala

जस्टिनकी प्रेमिका प्रवलको डिजाइनमा

काठमाडौं- अमेरिकी मोडल हिले बाल्डविन डिजाइनर प्रवल गुरुङले तयार गरेको पहिरनमा देखिएकी छिन्। न्युयोर्कमा डिजाइनर प्रवलले तयार गरेको यस वर्षको रिसोर्ट कलेक्सनअन्तर्गत हिलेले डिजाइन पहिरिएकी हुन्।

विस्तृतमा पढ्नुस्

kala

राजधानीमा गायिका स्टोनको कन्सर्ट

काठमाडौं – बेलायती गायिका जोस स्टोनले राजधानीमा 'जोस स्टोन लाईभ इन काठमाडौं' नामक कन्सर्टमा सांगीतिक प्रस्तुति दिएकी छिन्। बिहीबार उनले बौद्धस्थित हायत हाेटलमा भएको 'जोस स्टोन लाइभ इन काठमाडौं' मा उनले प्रस्तुति दिएकी हुन्। सन् २००३ देखि संगीत यात्रा सुरु गरेकी गायिका जोस स्टोनले सात वटा एल्बम सार्वजनिक गरिसकेकी छन्।

विस्तृतमा पढ्नुस्

kala

अन्तर्राष्ट्र्रिय र्‍याम्पमा नेपाली मोडल

काठमाडौं- अन्तर्राष्ट्रिय मोडलिङमा नेपाली मोडलहरुको सक्रियता बढेको छ। न्युर्योकस्थित फेसन सप्ताहको र्यारम्पदेखि इन्डिया इन्टरनेसनल ज्वेलरी सप्ताहको र्याेम्प नेपाली मोडलहरुको प्रस्तुत उत्कृष्ट रहेको प्रतिक्रिया आयोजकहरुले दिएका छन्।

विस्तृतमा पढ्नुस्

kala

मन्दिरमा कण्डम देखाएको भन्दै सनी लिओन विवादमा

मुम्बई– बारम्बार चर्चामा र बिबादमा आइरहने पूर्व पोर्नस्टा र तथा बलिउड अभिनेत्री सनी लिओन आफ्नो नयाँ फिल्म मस्तीजादेलाई लिएर फेरि विवादमा तानिएकी छिन्।

विस्तृतमा पढ्नुस्